नेपाली बजारमा ह्वावेको नयाँ प्रिमियम स्मार्टवाच ‘ह्वावे वाच फिट ५ प्रो’ (Huawei Watch Fit 5 Pro) आधिकारिक रूपमा सार्वजनिक भएको छ। नेपालका लागि ह्वावेको आधिकारिक वितरक कल मोबिलिटी प्रालिले यो स्मार्टवाच बिक्री वितरण सुरु गरेको हो। आकर्षक डिजाइन, उन्नत स्वास्थ्य निगरानी, फिटनेस र विविध स्मार्ट फिचरहरू यसमा समावेश गरिएका छन्।
डिस्प्ले र डिजाइन
ह्वावे वाच फिट ५ प्रोमा १.९२ इन्चको डिस्प्ले रहेको छ, जसको बेजल जम्मा १.८ एमएम मात्र छ। यस डिस्प्लेमा ३,००० निटसम्मको अधिकतम ब्राइटनेस क्षमता रहेकाले प्रत्यक्ष घाम लागेको समयमा पनि स्क्रिन सजिलै देख्न सकिने कम्पनीले जनाएको छ। यो स्मार्टवाच ब्ल्याक फ्लोरोइलास्टोमर, ओरेन्ज ग्रे नायलन र ह्वाइट फ्लोरोइलास्टोमर गरी तीन फरक स्ट्र्याप विकल्पमा उपलब्ध छ।
स्वास्थ्य र फिटनेस फिचर्स
स्वास्थ्य ट्र्याकिङका लागि यस स्मार्टवाचमा ईसीजी (ECG), ए-फिब र प्रिमेच्योर बिट अलर्ट, तथा आर्टेरियल स्टिफनेस डिटेक्सन जस्ता अत्याधुनिक सुविधाहरू दिइएको छ। यसका साथै महिलाहरूको स्वास्थ्य निगरानीका लागि नाडीको तापक्रम ट्र्याकिङ गर्ने फिचर पनि समावेश छ।
फिटनेस पारखीहरूका लागि यसमा ३० सेकेन्डदेखि केही मिनेटसम्मका निर्देशित व्यायाम उपलब्ध गराउने 'मिनी-वर्कआउट मोड' रहेको छ। त्यस्तै, बाहिरी गतिविधिका लागि ट्रेल रन मोड दिइएको छ, जसले सेग्मेन्टमा आधारित नेभिगेसन, उचाइमा आउने परिवर्तन र गन्तव्यमा पुग्ने अनुमानित समय देखाउँछ। गल्फ पारखीका लागि भने विश्वभरका १७ हजारभन्दा बढी गल्फ कोर्सका नक्सा, एडभान्स ग्रिन भ्यु र स्विङ विश्लेषण सुविधा उपलब्ध गराइएको छ।
ब्याट्री र मूल्य
कम्पनीका अनुसार यस स्मार्टवाचको ब्याट्रीले नियमित प्रयोग गर्दा ७ दिन र हल्का प्रयोग गर्दा १० दिनसम्मको ब्याकअप दिन्छ।
ह्वावे वाच फिट ५ प्रोको बजार मूल्य नेपालभर ४३,९९० रुपैयाँ तोकिएको छ। साथै, यो स्मार्टवाच खरिद गर्ने ग्राहकले सीमित अवधिका लागि ५,४९० रुपैयाँ मूल्य पर्ने ‘ह्वावे फ्रिबड्स एसई-२’ (Huawei FreeBuds SE-2) निःशुल्क प्राप्त गर्नेछन्।