Technology News

७,५०० एमएएच ब्याट्रीसहित रेडमी १७ सिरिजका दुई फोन नेपाली बजारमा, मूल्य कति ?

KinbechShop Tech Desk Aug 29, 2026 2 views
७,५०० एमएएच ब्याट्रीसहित रेडमी १७ सिरिजका दुई फोन नेपाली बजारमा, मूल्य कति ?

काठमाडौं । साओमीले नेपालमा ‘रेडमी १७’ सिरिजका स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले सिरिजअन्तर्गत ‘रेडमी १७’ र ‘रेडमी १७ ५जी’ बजारमा ल्याएको हो । दुवै फोनमा ७,५०० एमएएचको ठुलो ब्याट्री, १२० हर्ज रिफ्रेस रेटको डिस्प्ले तथा दैनिक प्रयोगलाई लक्षित विभिन्न फिचर दिइएको छ ।

सिरिजको मुख्य विशेषता ७,५०० एमएएच ब्याट्री हो, जुन आफ्नो सेग्मेन्टकै ठुलो भएको कम्पनीकाे दाबी छ । कम्पनीका अनुसार यसले भिडियो स्ट्रिमिङ, गेमिङ तथा लामो समयसम्म फोन प्रयोग गर्दा पनि ब्याट्री टिकाउन सहयोग गर्छ । ब्याट्री चार्ज गर्न ४५ वाट टर्बो चार्जिङ उपलब्ध रहेको छ ।

त्यस्तै, दुवै फोनमा २२.५ वाट रिभर्स चार्जिङ सुविधा दिइएको छ । यसमार्फत फोनलाई पावर बैंकका रूपमा प्रयोग गरी इयरबड्स, स्मार्टवाच वा आवश्यक पर्दा अर्को फोनसमेत चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

रेडमी १७ र रेडमी १७ ५जी दुवैमा ६.९ इन्चको एचडी डिस्प्ले र १२० हर्ज रिफ्रेस रेट दिइएको छ । यसले स्क्रोलिङ, गेमिङ तथा भिडियो हेर्दा सहज अनुभव दिने कम्पनीको दाबी छ ।

प्रोसेसरतर्फ रेडमी १७ मा मिडियाटेक हेलियो जी९१–अल्ट्रा र रेडमी १७ ५जीमा स्न्यापड्रागन ४ जेन ५ मोबाइल प्लेटफर्म प्रयोग गरिएको छ । रेडमी १७ ५जीमा ५जी कनेक्टिभिटी उपलब्ध छ ।

दुवै फोनमा साओमी हाइपरओएस ३ रहेको छ । मेमोरी एक्सटेन्सनमार्फत १२ जीबीसम्म र्‍याम सपोर्ट गर्ने कम्पनीले जनाएको छ ।

दुवै फोनमा ५० मेगापिक्सेल एआई डुअल रियर क्यामेरा र ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा दिइएको छ । डुअल-भ्यु भिडियो रेकर्डिङ सुविधाले एकैपटक विभिन्न कोणबाट भिडियो खिच्न सकिने कम्पनीले जनाएको छ ।

अडियोका लागि डुअल स्टेरियो स्पिकर दिइएको छ, जसले ३०० प्रतिशतसम्म भोल्युम बुस्ट सपोर्ट गर्छ । फोनमा ३.५ एमएम हेडफोन ज्याक तथा छिटो कनेक्सन र ट्याप-टु-पेका लागि एनएफसी सपोर्ट पनि उपलब्ध छ ।

दुवै फोनको तौल करिब २३२ ग्राम रहेको छ । साथै, फोनमा आईपी६४ डस्ट तथा वाटर रेसिस्टेन्स दिइएको कम्पनीले जनाएको छ ।

रेडमी १७ कालो, डीप ब्लु, ओक ग्रिन र लोटस पर्पल गरी चार रङ्गमा उपलब्ध छ । यसको ४ जीबी र्‍याम र १२८ जीबी मेमोरी भएको भेरियन्टको मूल्य २७ हजार ९९९ रुपैयाँ रहेको छ । यस्तै, ६ जीबी र्‍याम र १२८ जीबी मेमोरी भेरियन्टको मूल्य ३३ हजार ९९९ रुपैयाँ छ ।

यता, रेडमी १७ ५जी कालो, डीप ब्लु र भिभिड अरेन्ज रङ्गमा उपलब्ध रहेको छ । यसको ४ जीबी र्‍याम + १२८ जीबी मेमोरी भेरियन्टको मूल्य ३३ हजार ९९९ रुपैयाँ रहेको छ । यस्तै, ४ जीबी र्‍याम + २५६ जीबी मेमोरीको ३७ हजार ९९९ रुपैयाँ र ६ जीबी र्‍याम + २५६ जीबी मेमोरीको ४१ हजार ९९९ रुपैयाँ रहेको छ ।

Related Articles