अनरले ल्याउँदैछ १४,००० एमएएच ब्याट्री भएको नयाँ शक्तिशाली स्मार्टफोन - Kinbech Shop
Technology News

अनरले ल्याउँदैछ १४,००० एमएएच ब्याट्री भएको नयाँ शक्तिशाली स्मार्टफोन

KinbechShop Tech Desk Sep 02, 2026 41 views
अनरले ल्याउँदैछ १४,००० एमएएच ब्याट्री भएको नयाँ शक्तिशाली स्मार्टफोन

१४,००० एमएएच ब्याट्रीसहित अनरको नयाँ तयारी

स्मार्टफोन प्रयोगकर्ताका लागि ब्याट्री चाँडै सकिने र बारम्बार पावर बैंक बोक्नुपर्ने बाध्यता सधैं टाउको दुखाइको विषय बन्दै आएको छ। यही ब्याट्री एन्जाइटीलाई अन्त्य गर्ने उद्देश्यका साथ चिनियाँ प्रविधि ब्रान्ड अनरले हालसम्मकै ठूलो १४,००० एमएएच ब्याट्री क्षमता भएको स्मार्टफोन निर्माण गरिरहेको खुलासा भएको छ।

चर्चित चिनियाँ टिपस्टर 'डिजिटल च्याट स्टेसन'ले विबोमार्फत यो जानकारी बाहिर ल्याएका हुन्। अन्तर्राष्ट्रिय प्रविधि मिडिया गिज्मोचाइनाका अनुसार यो नयाँ डिभाइस हाल न्यु प्रडक्ट इन्ट्रोडक्सन (NPI) अर्थात् प्रारम्भिक परीक्षण र प्रमाणीकरणको चरणमा पुगिसकेको छ। यसको अर्थ यो फोन केवल अवधारणामा मात्र सीमित नभई व्यावसायिक उत्पादनतर्फ अघि बढेको देखिन्छ। यद्यपि, फोनएरिनाले यो प्रारम्भिक चरणमा रहेकाले बजारमा आउने बेलासम्म यसका स्पेसिफिकेसनहरू परिवर्तन हुन सक्ने सम्भावना औंल्याएको छ। यसअघि ११,००० देखि १२,००० एमएएच ब्याट्री रहने चर्चा गरिएको अनर पावर-३ लाई नै अपग्रेड गरेर १४,००० एमएएच पुर्‍याइएको विश्लेषण छ।

असाधारण तौल र फ्ल्यागशिप फोनहरूसँग तुलना

१४,००० एमएएच क्षमताको ब्याट्री सुन्दा फोन निकै मोटो र गह्रौं होला भन्ने अनुमान गर्न सकिन्छ। तर रिपोर्टका अनुसार यो फोनको तौल करिब २२० ग्राम मात्र हुनेछ, जुन यति ठूलो ब्याट्री क्षमताका हिसाबले निकै हलुका मानिन्छ। यो ब्याट्री एप्पलको आईफोन १७ प्रो म्याक्स र सामसङको ग्यालेक्सी एस-२६ अल्ट्रा जस्ता शीर्ष फ्ल्यागशिप फोनहरू भन्दा झन्डै तीन गुणा ठूलो हो।

ब्याट्री प्रविधिमा अनरको दबदबा

अनरले यसअघि पनि ब्याट्रीको क्षेत्रमा नयाँ कीर्तिमान कायम गरिसकेको छ। कम्पनीले अप्रिल २०२५ मा ८,००० एमएएच ब्याट्रीसहित अनर पावर ल्याएर नयाँ ट्रेन्ड सुरु गरेको थियो। त्यसपछि १०,००० एमएएच ब्याट्री र एक्टिभ कुलिङ फ्यान भएका अनर विन र विन आरटी बजारमा आएका थिए। हालै मात्र चीनमा सार्वजनिक गरिएको ११,००० एमएएच ब्याट्री भएको अनर एक्स-८० प्रो म्याक्समा स्न्यापड्रयागन ६ जेन ५ चिपसेट र १०,००० निट्स ब्राइटनेसको डिस्प्ले दिइएको छ, जसले लगातार २६ घण्टाभन्दा बढी लाइभस्ट्रिमिङ गर्न सक्छ।

अन्तर्राष्ट्रिय बजारमा एप्पल, सामसङ र गुगल जस्ता ब्रान्डहरू अझै ५,००० एमएएचकै वरपर सीमित रहँदा चिनियाँ कम्पनीहरू भने आक्रामक देखिएका छन्। भिभोले एक्स-३०० अल्ट्रामा ६,६०० एमएएच र ओप्पोले फाइन्ड एक्स-९ प्रोमा ७,५०० एमएएच ब्याट्री उपलब्ध गराएका छन्। साथै ह्वावेले पनि स्याटलाइट कम्युनिकेसन र ठूलो ब्याट्री भएका फोनहरू विकास गरिरहेको बताइएको छ।

Related Articles

KinbechShop
Login / Register Marketplace New Post Free Ad Sell with AI Chat New Post Requirement Jobs B2B Wholesale Local Shops Digital Products Game Topup Services Tech News Mobile Tools Free Nepali Typing Free Business Directory Robotics & Electric Components Kabaadi Rate Board Game Tournament Buyer Requirements More Tools Date Converter Land Converter EMI Calculator Tax Calculator
म के सहयोग गर्न सक्छु?
👋 नमस्ते! के खोज्दै हुनुहुन्छ?Hi! How can I help you today?
KinbechShop सहायकAssistant · सधैं अनलाइन