अनर नेपालले स्वदेशी बजारमा आफ्ना दुई नयाँ स्मार्टफोन अनर एक्स५डी (HONOR X5d) सिरिज र अनर एक्स६डी (HONOR X6d) औपचारिक रूपमा सार्वजनिक गरेको छ। आकर्षक डिजाइन, लामो समय चल्ने ब्याट्री, पर्याप्त स्टोरेज र दैनिक प्रयोगका लागि उपयोगी सुविधाहरू सहित यी फोनहरू बजारमा आएका हुन्।
बजेट सेग्मेन्टमा पहिलो पटक ०% ईएमआई सुविधा
कम्पनीले बजेट फोन सेग्मेन्टमै पहिलो पटक ० प्रतिशत ईएमआई (मासिक किस्ताबन्दी) सुविधा उपलब्ध गराएको जनाएको छ। यो अफरअन्तर्गत ग्राहकहरूले बिना कुनै ब्याज मासिक किस्तामा अनरका नयाँ फोनहरू खरिद गर्न सक्नेछन्। एकैपटक ठूलो रकम खर्च गर्न नसक्ने ग्राहकका लागि यो सुविधा फलदायी हुने अपेक्षा गरिएको छ।
अनर एक्स५डी (HONOR X5d) सिरिज: specs र मूल्य
HONOR X5d सिरिजमा ५,२६० एमएएचको पावरफुल ब्याट्री दिइएको छ, जसले दिनभरको प्रयोगमा राम्रो ब्याकअप दिनेछ। यस फोनले १५ वाट चार्जिङ सपोर्ट गर्छ र बक्समै १५ वाटको चार्जिङ एडाप्टर पनि उपलब्ध गराइएको छ। फोटोग्राफीको कुरा गर्दा यसमा ५० मेगापिक्सेलको मुख्य क्यामरा राखिएको छ।
यो सिरिज दुई भेरियन्टमा उपलब्ध छ। जसमा ४ जीबी र्याम र ६४ जीबी स्टोरेज भएको HONOR X5d को मूल्य २५,४९९ रुपैयाँ तोकिएको छ भने ४ जीबी र्याम र १२८ जीबी स्टोरेज रहेको HONOR X5d Plus को मूल्य २८,९९९ रुपैयाँ निर्धारण गरिएको छ।
अनर एक्स६डी (HONOR X6d): specs र मूल्य
अनरले एक्स५डी सिरिजसँगै नयाँ HONOR X6d पनि नेपाली बजारमा ल्याएको छ। मिडियाटेक डाइमेन्सिटी ६३०० प्रोसेसरबाट सञ्चालित यो फोनमा ६.७५ इन्चको टीएफटी एलसीडी डिस्प्ले छ। यसको मोटाइ ७.९ मिलिमिटर मात्र रहेको छ।
यस मोडलमा पनि ५,२६० एमएएचको ब्याट्री, १५ वाटको स्ट्यान्डर्ड चार्जिङ र ५० मेगापिक्सेलको मुख्य क्यामरा दिइएको छ। २५६ जीबीसम्म स्टोरेज सपोर्ट गर्ने यो फोनको ४ जीबी र्याम तथा १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य २९,९९९ रुपैयाँ तोकिएको छ।
नयाँ अनर एक्स५डी सिरिज र अनर एक्स६डी स्मार्टफोनहरू नेपालभरका आधिकारिक अनर रिटेल स्टोरहरूमा बिक्रीका लागि उपलब्ध भइसकेका छन्।