अनरले ल्यायो स्वचालित गिम्बल क्यामेरासहितको 'रोबोट फोन', यस्ता छन् विशेषता र मूल्य - Kinbech Shop
Technology News

अनरले ल्यायो स्वचालित गिम्बल क्यामेरासहितको 'रोबोट फोन', यस्ता छन् विशेषता र मूल्य

KinbechShop Tech Desk Aug 29, 2026 38 views
अनरले ल्यायो स्वचालित गिम्बल क्यामेरासहितको 'रोबोट फोन', यस्ता छन् विशेषता र मूल्य

चिनियाँ स्मार्टफोन निर्माता अनरले एआई र इनोभेटिभ प्रविधिको सम्मिश्रण रहेको नयाँ 'रोबोट फोन' बजारमा सार्वजनिक गरेको छ। यो फोनको मुख्य विशेषता यसको पछाडिको भागबाट स्वचालित रूपमा बाहिर निस्कने क्यामेरा गिम्बल हो, जसले विभिन्न दिशाबाट सजिलै तस्बिर तथा भिडियोहरू कैद गर्न सक्छ।

अत्याधुनिक ३६० डिग्री गिम्बल र क्यामेरा

टाइटेनियम सामाग्रीबाट बनेको यो क्यामेरा गिम्बल ३६० डिग्रीसम्म पूर्ण रूपमा घुम्न सक्छ। सामान्य स्मार्टफोनबाट खिच्न कठिन हुने कोणहरूबाट पनि यसको मद्दतले सहजै भिडियो खिच्न सकिन्छ। यस गिम्बलका कारण प्रयोगकर्ताले टिल्ट लक, एफपीभी भ्यु (FPV view) र स्पिनसट जस्ता सिनेमाटिक मुभमेन्ट मोडहरू प्रयोग गर्न पाउँछन्।

सब्जेक्ट ट्र्याकिङका लागि फोनमा विशेष एआई एल्गोरिदम राखिएको छ, जसले व्यक्तिलाई पछ्याउन क्यामेरालाई आफैँ प्यान र टिल्ट गराउँछ। साथै, हातको इशाराबाटै क्यामेरा आर्म बाहिर निकाल्न र फोटो वा भिडियो लिनका लागि ह्यान्ड्स फ्री जेस्चर कन्ट्रोलको सुविधा पनि उपलब्ध छ।

फोनको रियर क्यामेरा सेटअपमा २०० मेगापिक्सेलको मुख्य क्यामेरा र २०० मेगापिक्सेलकै टेलिफोटो क्यामेरा गरी डुअल २०० MP प्रणाली दिइएको छ। अनरले प्रोफेसनल क्यामेरा ब्रान्ड 'एरी' (ARRI) सँग सहकार्य गरेर यो क्यामेरा तयार पारेको हो। यसमा एआई न्वाइज रिडक्सन, रियल टाइम भिडियो प्रिभ्यु र RAW फाइल आउटपुट सुविधाहरू उपलब्ध छन्।

सफ्टवेयर र रोबोटिक मोड

MagicOS मा चल्ने यो फोनमा 'YOYO Robot Mode' समावेश गरिएको छ। यसले जेस्चर पहिचान, भौतिक गतिविधि र सन्दर्भ बुझ्ने क्षमतालाई एकै ठाउँमा जोड्दछ। गत मार्चमा गरिएको डेमोमा यो फोनले प्रयोगकर्ताको प्रत्यक्ष नियन्त्रणबिना सङ्गीतको तालमा नाच्ने, टाउको हल्लाउने र आदेश पाउँदा शरीर घुमाउने जस्ता गतिविधि देखाएको थियो। अनरले यो प्लेटफर्म थर्ड पार्टी डेभलपरहरूका लागि पनि खुला गर्ने बताएको छ, जसले नयाँ प्रयोगहरू सिर्जना गर्न मद्दत पुर्याउनेछ।

प्रोससर, डिस्प्ले र ब्याट्री

फोनमा शक्तिशाली स्न्यापड्रागन इलाइट जेन ५ (Snapdragon Elite Gen 5) चिपसेट प्रयोग गरिएको छ। यसको तापक्रम नियन्त्रण गर्न विशेष प्रकारको कस्टम कुलिङ सिस्टम जोडिएको छ। फोनमा ६.८०० निट्स सम्मको पिक्स ब्राइटनेस र एडाप्टिभ रिफ्रेस रेट सपोर्ट गर्ने ६.३ इन्चको OLED स्क्रिन रहेको छ। पावरका लागि यसमा ७,०६० एमएएच क्षमताको ठूलो ब्याट्री राखिएको छ।

मूल्य र उपलब्धता

हाल चीनमा मात्र सार्वजनिक गरिएको यो रोबोट फोन दुई कन्फिगरेसनमा उपलब्ध छ। यसको आधिकारिक बिक्री अगस्ट १८ देखि सुरु हुँदैछ।

चीनमा १२ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य ९,९९९ युआन (लगभग २ लाख २६ हजार नेपाली रुपैयाँ) र १६ जीबी र्‍याम तथा १ टीबी स्टोरेज भेरियन्टको मूल्य १२,९९९ युआन (लगभग २ लाख ९३ हजार नेपाली रुपैयाँ) तोकिएको छ।

Related Articles

KinbechShop
Login / Register Marketplace New Post Free Ad Sell with AI Chat New Post Requirement Jobs B2B Wholesale Local Shops Digital Products Game Topup Services Tech News Mobile Tools Free Nepali Typing Free Business Directory Robotics & Electric Components Kabaadi Rate Board Game Tournament Buyer Requirements More Tools Date Converter Land Converter EMI Calculator Tax Calculator
म के सहयोग गर्न सक्छु?
👋 नमस्ते! के खोज्दै हुनुहुन्छ?Hi! How can I help you today?
KinbechShop सहायकAssistant · सधैं अनलाइन